Nepal's First Video FM

इँटा उद्योगबाट ३ लाख ९८ हजार रुपैयाँ चोरी

725

माघ १९ , भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीमा रहेको इँटा टायल प्रालिमा चोरी भएको छ । टायलको लेखा शाखाबाट नगद ३ लाख ९८ हजार २ सय ५५ रुपैयाँ गएराति चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएअनुसार झ्यालको डण्डी भाँचेर प्रवेश गरी दराजमा रहेको नगद चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

फरार चोरहरुको खोजतलास भइरहेको प्रहरीको भनाइ छ । साथै, घटनाको अनुुसन्धान लागि प्रालिको सुरक्षागार्डलाई नियन्त्रणमा लिइएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.