वैशाख ५, तलव खाएपछि जनताको सेवामा समर्पित हुन मन्त्रालयका कर्मचारीहरुलाई खानेपानी मन्त्री विना मगरले आव्हान गरेकी छन् । कर्मचारीहरु जनताको सेवामा केन्द्रित हुनुपर्ने बताउँदै उनले जनताको सेवामा अबरोध पुग्ने हरेक अप्ठ्यारा तोडिनुपर्नेमा जोड दिएको छिन् ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले यस्तो बताएकी हुन् । मुलुकले विगतको भन्दा फरक भूमिका मागेको उनले बताइन् ।
सिस्टम, पद्दति, अनुहार त्यही होलान, तर हाम्रो भूमिका फरक हुनुपर्छ,’ मन्त्री मगरले भनिन,’हामीले नयाँ ढंगले प्रस्तुत हुन तयार हुनुपर्नेछ ।मन्त्रालयका कामकारवाही सञ्चालनका क्रममा आउने हरेक समस्यालाई सहजिकरण गर्न आफू प्रतिवद्ध रहेको मन्त्री मगरले बताइन् ।
खानेपानी मन्त्रालयले खानेपानी समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने मन्त्री मगरको भनाइ छ । कार्यक्रमकै अवसरमा मन्त्री मगरले ललितपुरको भैसेपाटीस्थित बोर्डको नवनिर्मित भवनको उद्घाटन समेत गरेकी छन् ।
Comments are closed, but trackbacks and pingbacks are open.