Nepal's First Video FM

६८ औं वसन्त पार गरेका मदनकृष्णले मानेनन् जन्मदिन

585

वैशाख ५, वरिष्ठ हाँस्यव्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठको बैशाख ५ गते जन्मदिन हो । यो सालदेखि उनी ६८ वर्षमा प्रवेश गरेका छन् । पत्नी वियोगका कारण मदनकृष्णले आफ्नो जन्मदिन भने मनाएनन् ।

मदनकृष्णले आफनो कलाकारिता करिअरमा हरिवंश आचार्यसँगको सहकार्यमा मह जोडी बनाएर दर्जनौं सम्झन लायक फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका छन् ।

दशैं, रात, बनपाले, सुर बेसुर, कान्तिपुर जस्ता महका टेलिफिल्म दर्शकदिर्घामा अझै पनि ताजा छन् । फिल्मतर्फ राजामती, बासुदेव, के घर के डेरा, ट्रक ड्राइभर, बलिदान, सुःख, दुःख र प्रदर्शनरत फिल्म शत्रुगते मा मदकृष्णको अभिनय छ ।

मदनकृष्ण यतिबेला पत्न शोकमा छन् । क्यान्सरका कारण पत्नी यशोदाको ६७ वर्षको उमेरमा निधन भएको थियो । पत्नी शोकका कारणले उनले आफ्नो ६८ औं जन्मदिन मनाएनन् । दुःखद घडीमा रहेका मदनकृष्णलाई जन्मदिन र दिर्घायुको कामना !

You might also like

Comments are closed.