Nepal's First Video FM

मिटरमा चल्न नमान्ने ट्याक्सी कारबाहीमा

510

बैशाख ६, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र मिटरमा चल्न नमान्ने ट्याक्सीलार्इ धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । ‘पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,’ उनले भने ।

उनले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गरेका छन् । मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु तीन हजारदेखि पाँच हजारसम्म जरिवानासमेत गर्ने गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको स्पष्ट पारे ।

महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा चल्न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ जनाएकाे छ ।

न्युज २४ बाट

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.