Nepal's First Video FM

बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्न विज्ञहरुकाे माग

610

वैशाख ६, सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने विज्ञहरुले बताएका छन् । संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको ‘निजी विद्यालयको चर्को शुल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयलाई कारबाही गर्नुपर्ने बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले कानूनभन्दा माथि कोही नहुने भएकाले निजी विद्यालयले तोकिएभन्दा बढी शुल्क लिन नपाउने बताउनुभयो । उहाँले विद्यालयको शुल्कबारे मन्त्रालयले अनुगमन गर्ने भन्दै बढी लिए कानूनअनुसार कारबाही गर्ने बताउनुभयो ।

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)का अध्यक्ष विजय साम्वाहाम्फेले विद्यालयले मापदण्डअनुसार नै शुल्क लिएको भन्दै बढी लिने विद्यालयलाई कारबाही गरिने बताउनुभयो । उहाँले शुल्कबारे निजी विद्यालयमा पनि समस्या देखिएको भन्दै समय परिवर्तनअनुसार शुल्कको मापदण्ड परिमार्जन हुनुपर्ने धारणा राख्नुभयो ।

उज्यालाे बाट

You might also like

Comments are closed.