Nepal's First Video FM

नेविसंघको ४९औं स्थापना दिवस: छुट्टा–छुट्टै समूहमा देउवा र सिंहको सम्बोधन !

514

वैशाख ६, नेविसंघका फरक–फरक समूहले छुट्टा-छुट्टै कार्यक्रम गरेर स्थापना दिवस मनाउने तयारी गरेका छन् ।

बिहिबार हुने ४९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहले आ–आफ्नो समूहले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महर समुहले आयोजना गरेको कार्यक्रमममा काँग्रेस सभापति देउवा प्रमुख अतिथि बन्दैछन् भने त्रि चन्द्रक्यापसमा आयोजित कार्यक्रममा दलका शीर्ष सबै नेतालाई आमन्त्रण गरिएको महरले बताए ।

त्यस्तै नेविसंघ प्रदेश ३ ले गरेको कार्यक्रमममा पूर्व महामन्त्री सिंह प्रमुख अतिथि बन्ने आयोजकले जनाएको छ । लैनचौरमा गर्न लागिएको कार्यक्रम नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेको सक्रियतामा राखिएको बताइएको छ ।

काँग्रेस पूर्व सभापति कृष्णप्रसाद भट्टराईको सक्रियतामा गठन भएको नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइराला थिए । कांग्रेसको नर्सरी संगठनका रूपमा परिचित नेबिसंघको हाल १८ औं कार्यसमिति छ । ratopati

You might also like

Comments are closed.