वैशाख ६, फिल्मले हलमा गर्ने व्यापारको सेयर बाँडफाँड वैज्ञानिक तवरबाट हुनुपर्ने भन्दै निर्माताहरु आन्दोलनमा उत्रिने भएका छन् ।
चलचित्र निर्माता संघका महासचिव रोज राणाले यही शनिबार साढे दुई बजे नयाँ बानेश्वरको होटल अर्यालमा सम्पूर्ण निर्माताहरुलाई भेला हुन आव्ह्वान समेत गरेका छन् ।
‘वार्ता टोली गठन हुँदा समेत हल सञ्चालक साथीहरुसँग वार्ता हुन सकेन’, आन्दोलनको आवश्यकता बारे महासचिव राणाले भने, ‘शनिबार भेला भएका निर्माता साथीहरुले जे भन्नुहुन्छ हामी त्यही अनुसार अगाडी बढ्छौं ।’
यदि वैज्ञानिक तवरले शेयर बाँडफाँडमा हल सञ्चालकसँग सहमती नभए आन्दोलनमा उत्रिएर हललाई फिल्म नै नदिने समेत चेतावनी बताए । ‘अब कुरा नै मिलेन भने त हललाई फिल्म नै नदिने निर्णय पनि हुन सक्छ’, महासचिव राणाले भने ।
निर्माताहरुको आन्दोलनले बक्स अफिस प्रणाली लागु गर्न पनि दबाब दिने राणाले बताए । अहिले निर्माताले हलबाट पहिलो साता ५०%, दोश्रो सातामा ४२% र त्यसपछि ३०% प्रतिशत सेयर पाइरहेका छन् । हलले दिदैं गरेको यो सेयर अवैज्ञानिक रहेको निर्माताहरुको गुनासो छ ।
दोश्रो सातापछि पनि फिल्मले गरेको व्यापारको पचास प्रतिशत सेयर निर्माताले पाउनु पर्ने उनीहरुको माग छ । यो सँगै यदि फिलमको होल्ड ओभर नभएपनि हलले फिल्म चलाउन चाहेमा निर्माताले ४५ प्रतिशत सेयर पाउनु पर्ने सर्त राखिने महासचिव राणाको भनाई छ ।
साभार Ramailochha
Comments are closed.