वैशाख ६, जुत्ताभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । प्रहरीले बिहिबार भारतीय नागरिक सर्फराज रहमानलाई ६० तोला सुनसहित पक्राउ गरेको हो ।
भारतको हैदरावाद घर भएका उनी फ्लाइ दुबईको विमानबाट दुबइबाट काठमाडौं आएका थिए । उनले लगाएको जुत्ताभित्र सुनको बिस्कुट भेटिएको प्रहरीले जनाएको छ ।
विमानस्थलस्थित भन्सार कार्यालयले उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ । विमानस्थलमा भारतीय नागरिकहरु पटक पटक पक्राउ पर्दै आएका छन् । बरामद सुनको नेपाली बजारमा करिब ३२ लाख रुपैयाँ पर्दछ ।
Comments are closed.