Nepal's First Video FM

चोरीको आरोपमा सरस्वती क्लबका फुटबलर पूर्वकप्तान श्रेष्ठ समातिए

539

वैशाख ६, नेपालको सरस्वती युथ क्लब ‘ए’ डिभिजन लिग २०१३–१४ टोलीका प्रमुख सदस्य दिपेश श्रेष्ठ चोरीको आरोपमा पक्राउ परेका छन् ।

मोबाइल, ल्यापटप लगायतका सामग्री चोरी गरेर विक्री वितरण गर्ने कारोबारी सक्रिय रहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली श्रेष्ठ कहाँ पुगेका थिए ।

प्रहरीले बुधबार काठमाडौं–६, रेम्बोडाँडाबाट बाच्छो भनिने सुवास खड्कालाई शंकास्पद अवस्थामा भेटेको थियो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा साथीसँग मिलेर चोरीका सामान किनबेच गर्ने गरेको बयान दिए । चोरीका सामान फुटबलर श्रेष्ठको कोठामा लुकाएर राख्ने गरेको प्रहरीले बताए ।

श्रेष्ठको कोठाबाट विभिन्न ब्रान्डका ३३ वटा मोबाइल, दुई वटा आइफोन, ३ वटा पावर बैंक, सोनी कम्पनीको ३२ इन्जको टिभी एक थान, ५ वटा ल्यापटप लगायतका सामग्री खनतलासीका क्रममा बरामद भएको छ । हाल प्रहरी हिरासतमा रहेका श्रेष्ठले चोरीमा संलग्न भएको स्वीकार गरेका छन् ।

चोरीका सामानहरु फेसबुक ग्रुप र अनलाइन किनबेच गर्ने वेवसाइटमार्फत विक्री वितरण गर्दै आएको बयान दिएका छन् । पक्राउ परेका दुवै जनामाथि मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएको छ । news24

You might also like

Comments are closed.