Nepal's First Video FM

शारीरिक सम्बन्धपछि प्रेमिकाको हत्या, समातिए १८ वर्षीय युवक

519

वैशाख ६, रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया रीता हरिजनको हत्या गर्ने १८ वर्षीय प्रेम सागर केवट पक्राउ परेका छन् । उनी बुधबार पक्राउ परेका हुन् ।

केवटलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । मृतक किशोरी सोमबार राति करिब ९ बजे घरबाट वेपत्ता भएकी थिइन ।

मंगलबार बिहान ८ बजे ओमसतिया गाउँपालिका–६ स्थित खाली खेतमा किशोरीलाई मृत अवस्थामा फेला पारेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय धकधईलाई जानकारी गराए । घटना कर्तव्य गरी मारेको हुन सक्ने शंकास्पद देखिएपछि अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृतक किशोरीसंग केवटको ३–४ वर्ष देखि नै चिनजान भएको र प्रेम सम्बन्ध बढ्दै गएको बताइएको छ । सोमबार साँझ मृतकसंग भेटघाट गरि उक्त रात खेतमा संगै रहेर शारीरिक सम्बन्ध पनि भएको प्रहरीले जनाएको छ ।

बिहानपख विवाद हुँदा केवटले मृतकको कपालले घाँटी कसी मृतक शिथिल भइसकेपछि घर तर्फ गएको भनी प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.