Nepal's First Video FM

विमानस्थलबाट सुन्न तस्करीमा लागेका प्रहरी पक्राउ

720

माघ २०, विमानस्थलबाट सुन पास गराएको आरोपमा एक प्रहरी पक्राउ परेका छन्। विमानस्थलमै कार्यरत असई कुल बहादुर राईलाई शुक्रबार सिआईबीले पक्राउ गरेको हो।

उनले कतारबाट ल्याएको २० तोला सुन पास गराएका हुन्। बिदेशबाट ५० ग्रामसम्म सुन ल्याउन पाउने भएपनि एक व्यक्तिले २० तोला ल्याएका थिए। सोही सुन भन्सार चेक अगाडि नै असई राईलाई दिइएको थियो। तस्करीको २० तोला सुनसहित नै उनी पक्राउ परेका हुन्।

८/१० हजार लोभमा फस्दा राई पक्राउ परेका हुन्।

सिआईबीले पक्राउ परेका राईलाई अपराध महाशाखामा अनुसन्धानका लागि बुझाएको छ। उनीमाथि कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।

बैदेशिक रोजगारीमा गएका कामदारलाई प्रयोग गरी सानो परिणाममा सुन तस्करी गराउने दर्जनौं समूह सक्रिय छन्। जसमध्ये कतिपयले विमानस्थलमा कार्यरत प्रहरीसँग नै मिलेर तस्करी गर्दै आएका छन्।

You might also like

Comments are closed.