वैशाख ६, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैशाखभित्रै पार्टी एकता टुङ्ग्याउने गरी गृहकार्य भइरहेको बताएका छन् ।
गोरखा नगरपालिका वडा नम्बर १२ कुन्दुरको महेन्द्र माविमा विद्यार्थी भर्ना अभियानको सुरुवात गर्दै नेता श्रेष्ठले तयारी नपुगेकोले बैशाख ९ गते पार्टी एकता हुन नसकेको बताएका हुन् ।
कक्षा पाँचमा भर्ना हुन आएका विद्यार्थीहरू मनिषा कुमाल र उदित कुमाललाई श्रेष्ठले भर्ना गराएका श्रेष्ठले भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक र शिक्षकहरुलाई शैक्षिक सामाग्री सहितको झोला समेत हस्तान्तरण गरेका थिए ।
Comments are closed.