Nepal's First Video FM

प्रहरीको आँखा छलेर भागेका मोक्तान हातहतियारसहित पक्राउ

500

वैशाख ६, मकवानपुर । प्रहरीले एक व्यक्तिलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । मकवानपुरको लेबट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गको लेबटेबाट गाडी चेकिङ गर्दा भागेका अनिल भन्ने जोकर मोक्तानलाई पक्राउ गरेका हुन् ।

गाडी चेक गर्दा प्रहरीको चेकिङभन्दा केही परको गाडीबाट झरेर भागेका मोक्तानलाई पिछा गरेर पक्राउ गरेका छन् ।

३७ वर्षका मोक्तानले बोकेका कटुवाल पेस्तोल ३ थान, नलकटुवाल पेस्तोलमा फिट हुने गोली ११ थान सुतली बम लगायतका हातहतियार प्रहरीले बरामद गरेको छ । मोक्तानसँगै गाडीबाट भाग्ने अन्यको खोजी भैरहेको प्रहरीले जानकारी दिए ।

You might also like

Comments are closed.