वैशाख ६, गुण्डा नाइके मनोज पुनको सुराकीका आरोपीलाई धमाधम प्रहरीले पक्राउ गरिरहेको छ । त्यहि क्रममा पुनको सुराकीको आरोपमा बुटवलका सुजु मल्ल पनि पक्राउ परेका छन् ।
मल्ल एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य हुन् । युवासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं आएका बेला उनलाई पक्राउ गरिएको हो । ठेकेदार समेत रहेका मल्ललाई रुपन्देही प्रहरीले हिजो बेलुका पक्राउ गरेको हो ।
उनलाई बुधबार भैहवा लगिने रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । मनोजको सुराकीका रुपमा युवा संघ र माओवादीका नेता नै रहेको खुलेको छ । मनोजको योजनामा रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो ।
प्रहरीले पुनको सुराकी आरोपमा माओवादी नेता लेखनाथ न्यौपाने र युवा संघका जिल्ला नेता उत्तम आचार्य, तुलसी न्यौपाने, रोशन खड्का र हरिप्रसाद श्रेष्ठलाई पक्राउ गरिसकेको छ । उनीहरूमाथि संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
Comments are closed.