वैशाख ६, आगामी जेष्ठ ४ गतेबाट देशभर रिलिज हुने भनिएको नेपाली चलचित्र ‘हैरान’को टिजर सार्वजनिक गरिएको छ ।
चलचित्रमा कमेडियन वुद्दि तामाङ, गजित बिष्ट, सरोज खनाल, सत्यराज आचार्य, सागर लम्साल, शिशिर भण्डारी, पुष्कर रेग्मी, निश्मा घिमिरे, आरोही शर्मा र बाल कलाकार एन्जल राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
टिजरमा कमेडियनलाई बढी स्थान दिएको छ । चलचित्रमा फरक-फरक पात्रको जीवनशैलीलाई देखाइएको छ । कमेडी, एक्सन, विछोड, पीडाको मिश्रणको रुपमा यो चलचित्र तयार भएको निर्माणपक्षले बताए ।
डान्स फेभरको प्रस्तुतिमा तयार भएको ‘हैरान’ चलचित्रलाई विश्वकै कान्छो निर्देशक सौगात बिष्टले निर्देशन गरेको छ भने लेखन तथा कोरियोग्राफी गम्भिर बिष्टको छ । सौगातको यो दोश्रो चलचित्र हो ।
फिल्ममा प्रितम पाण्डेको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । चलचित्रमा मुक्ति घले, श्रृष्टी घिमिरे, डाक्टर वाई एल लामाको लगानी छ । चलचित्रको कार्यकारी निर्मातामा संझना पोख्रेल छन् ।
Comments are closed, but trackbacks and pingbacks are open.