Nepal's First Video FM

नुवाकोटमा बन्यो नेपालकै पहिलो अपाङ्गतामैत्री, बहुप्रकोप प्रतिरोधात्मक पुस्तकालय

588

वैशाख ६, नुवाकोट । भूकम्पले भत्काएपछि टहरामा सञ्चालन हुँदै आएको पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ । बेलकोटगढी नपा–२ फाटापौवा कुमरीस्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र एक करोड ७५ लाखमा बनेको हो ।

रिड नेपाल र एएसबीको आर्थिक तथा प्राविधिक सहयोगमा जनजागरण सामुदायिक पुस्तकालयको पुनःनिर्माण तथा समुदायमा आधारित समावेशी विपद् जोखिम न्युनीकरण परियोजना अन्तर्गत भवन निर्माण गरिएको पुस्तकालयका कार्यक्रम संयोजक श्यामराजा तिमल्सिनाले जानकारी दिए ।

पुस्तकालय नेपालकै पहिलो अपाङ्गतामैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक भएको पुस्तकालय व्यवस्थापन समितिले जिकिर गरेको छ । नवनिर्मित पुस्तकालय भवनमा पुस्तकालय, बाल, महिला, युवा, सभा, सूचना सञ्चार प्रवधि, विपद् जोखिम न्यूनीकरण र श्रव्यदृश्य कक्ष छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.