वैशाख ६, अरनिको राजमार्गमा सिन्डिकेट तोडेर चर्चा कमाएको मयुर यातायातले थानकोटका यात्रुलाई पनि राहत दिने भएको छ । मयुर यातायातले नयाँ २३ वटा बस थानकोट-रत्नपार्क-धुलिखेल/पनौती रुटमा चलाउन तयारी गरेका छ ।
अहिले अहिले रत्नपार्क र रिंगरोडबाट थानकोट जाने रुटमा माइक्रो व्यवसायीहरुको सिन्डिकेट छ । त्यहाँ साँघुरा फोर्स माइक्रोबसको हालिमुहाली छ । त्यहाँ केही समयअघि साझा यातायातले जाने तयारी गर्दा स्थानीय यातायात समितिले बिरोध गरेका थिए ।
अब स्थानीय यातायात समितिको सिन्डिकेट तोड्दै मयुर थानकोट पुग्ने भएको हो । अहिले थानकोट पुग्न अधिकांश यात्रुलाई उभिएर, कोचिएरर झण्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।
मयुर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले २३ मध्ये ६ वटा बस काठमाडौं आइसकेको र एक-दुई दिनमै सबै आइपुग्ने बताए । ‘अब थानकोटसम्म पनि मयुरले सेवा दिन्छ । त्यहाँ यात्रुलाई निकै असुविधा रहेको हामीले पाएका छौं,’ उनले भने,’अबको १० दिनभित्र सेवा सुरु हुन्छ ।’
मयुरका ठूला बसले सेवा थालेपछि थानकोट, सतुंगल, नैकाप लगायतका क्षेत्रका यात्रुलाई सहज हुनेछ । मयुरका नयाँ २३ बस थानकोटबाट रत्नपार्क आएर धुलिखेल र पनौती पुग्नेछन् । त्यहाँबाट फर्किएका बस सोही रुट भएर पुन थानकोट नै जानेछन् ।
मयुर यातायातले निःशुल्क वाईफाईसहित ठूला बस ल्याएको छ । ठूला बसमा विभिन्न सुविधा पनि छन् । निःशुलक वाइफाइ सहितका यि बसमा फराकिला सिट छन् । मयुरले ४२ सिट क्षमताका ठूला बसहरु थानकोटमा चलाउन लागेको हो ।
अहिले चक्रपथ घुमेर धुलिखेलसम्म मयुरका २४ वटा बस चलिरहेका छन् । ‘यात्रुलाई विकल्प दिन हामी ठूलो संख्यमा बस ल्याउँदैछौं । तत्कालै चक्रपथका लागि ५० वटा अरु बस पनि आउँछन्,’ अध्यक्ष श्रेष्ठले भने,’कसैले अवरोध गर्लान् भन्ने डर छैन । यात्रुलाई स्तरीय सेवा दिन प्रतिवद्ध भएर आएका हौं ।’
मयुर यातायातले बनेपासम्म रुट इजाजत पाएपछि भएको विवादका कारण उत्पन्न परिस्थितिले सरकारले समितिहरुको खारेज गर्नेसम्मको अवस्था सिर्जना भएको छ । सरकारले समितिहरुलाई कम्पनीमा जानैपर्ने बाध्यात्मक व्यवस्था पनि गरेको छ । onlinekhabar
Comments are closed.