Nepal's First Video FM

पार्टी एकताका विषयमा दुई अध्यक्षबीच वान टु वान वार्ता

368

ऐशाख ६, पार्टी एकताको अन्तिम तयारीमा रहेका नेकपा एमाले र माओवादी केन्द्रले छलफललाई तीव्रता दिएका छन् । यसैक्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार वान टु वान वार्ता भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा विहान झण्डै ३ घण्टा भएको भेटमा पार्टी एकताका सम्बन्धमा देखिएको विवाद समाधानका विषयमा छलफल भएको बताइएको छ ।

अस्ति बसेको एकता संयोजन समितिको बैठकले विवादित बिषय टुंग्याउने जिम्मा दुई अध्यक्षलाई दिएको थियो । दूई दलबीच जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र पदीय बाँडफाँटका विषयमा समान धारणा बनिसकेको छैन ।

You might also like

Comments are closed.