Nepal's First Video FM

क्वालालम्पुर उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना

634

वैशाख ७, त्रिभुवन बिमानस्थलमा मालिन्दो एयरको जहाज दुर्घटनामा परेको छ ।

बिहीबार राति १० बजेर १० मिनेटमा काठमाडौँबाट मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको ओ डी १८१ कल साइनको जहाज रन-वेबाट चिप्लिएको हो ।

जहाज अन्दाजी ४० मिटर पर घाँसेमैदानमा पुगेको छ । जहाजमा रहेका सबै यात्रु सकुशल रहेको त्रिभुवन बिमानस्थल सुरक्षा गार्डका एसपी गणेश चन्दले जानकारी दिए । उनका अनुसार, चालकको सावधानी कारण ठूलो दुर्घटना टरेको छ ।

अहिले त्रिभुवन विमानस्थल बन्द भएको छ भने काठमाडौँ आउँदै गरेको मलेशिया एयरलाइन्सको जहाज कलकत्ता र जेट एयरवेजको जहाज लखनउ बिमानस्थलमा डाइभर्ट भएको छ ।

You might also like

Comments are closed.