काठमाडौँ । इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव इजरायल सरकारले नै पठाउने भएको छ । शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च इजरायल सरकारले नै बेहोर्ने भएको हो । १० जनाको शव नेपाल ल्याउन लाग्ने सबै खर्च इजरायल सरकारले नै बेहोर्नेछ । सबै प्रकृया पुरा गरेर नेपाल पठाउने भन्ने कुरा छ ।
शव कहिले पठाउने भन्ने विषयमा भने यकिन हुन सकेको छैन् । शव हस्तान्तरणमा ढिलाई भएको र जति सक्दो चाँडो नेपाल पठाउने व्यवस्था मिलाइने विदेश मन्त्रालयका अधिकारीहरुले बताएका थिए ।
Comments are closed.