माघ २० , धुलिखेल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कठोर बनेर कर्मचारीहरुलाई काम लगाउनुपर्ने बताएका छन् ।
काभ्रेको सदरमुकाम धुलिखेलमा नेपाल हृयाचरी उद्योग संघको साधारणसभामा उनले राजा महाराजाको स्कुलिङ भएका केही कर्मचारीहरुलाई कठोर बनेर जनताको सेवामा लैजानुको विकल्प नरहेको बताएका छन् ।
अब बन्ने वामपन्थी नेतृत्वको सरकारले कठोर ऐन कानुन बनाएर छाडातन्त्रको अन्त्य गर्ने पनि उनले बताए ।
उनले एमाले र माओवादी केन्द्रको एकतामा शंका नगर्नसमेत आग्रह गरे । आफू पनि कृषिको विद्यार्थी हुँ भन्दै उनले कृषिको क्रान्तिबिना नेपालको मुहार फेर्न नसकिने भएकोले अब कृषिमा उच्च प्रविधि र आकर्षणको विकास हुने कार्यक्रम अबको सरकारले ल्याउने प्रचण्डले बताए ।
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक परिवर्तन भइसकेकाले अब कृषिबाट आर्थिक क्रान्ति जरुरत रहेको उनले बताए ।
Comments are closed.