काठमाडौं, कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले पनि आजै शपथ लिनेछन् ।
यसै बीच कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। ओलीले राम्रो काम गर्न सुझाव दिएका थिए । ‘उहाँले राजनीति हो, राम्रै काम गर्नु भन्नुभयो,’ उनले भने, ‘केदार कार्कीले सहयोगका लागि धन्यवाद भने,
शनिबार साँझ मुख्यमन्त्री नियुक्त भएर काठमाडौं आएपछि कार्कीले ओलीलाई पनि भेटेका हुन्। त्यसअघि उनले नेपाली कांग्रेसका नेता शेखर कोइराललाई भेटेका थिए। कोइरालालाई भेटेपछि कार्की बालकोटस्थित ओली निवास पुगेका थिए।
कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।
Comments are closed.