Nepal's First Video FM

राष्ट्रिय जनता पार्टीको स्थापना दिवस आज विभिन्न कार्यक्रम गरि मनाउँदै

679

वैशाख ७, राष्ट्रिय जनता पार्टीले शुक्रबार आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउँदैछ । काठमाडौं ज्ञानेश्वरको एक पार्टी प्यालेसमा शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म विशेष कार्यक्रम गर्नेछन् ।

कार्यक्रममा सरकारका प्रमुुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, विभिन्न संवैधानिक निकायका व्यक्तिहरुको सहभागिता रहनेछ । गत वर्ष वैशाख ७ गते ६ वटा मधेश केन्द्रित दलबिच एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल राजपा गठन भएको थियो ।

तर राजपाले अहिलेसम्म एकता महाधिवेशन भने गर्न सकेको छैन् । राजपाका कमिटीहरु महाधिवेशन नहुँदा भद्रगोल छन् । ६ जना अध्यक्ष रहेको राजपामा ३१ महासचिव र ७२ सचिव छन् यस्तै ८ सय १४ जना केन्द्रिय सदस्य रहेका छन् ।

You might also like

Comments are closed.