वैशाख ७, घरको छतबाट खसेर झापा दमकमा एक महिलाको शुक्रबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ( गुरुङ ) रहेको छ । श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खसेको थियो ।
घरको छतबाट खसेर गम्भीर घाइते भएकी कमलाको उपचारका क्रममा शुक्रबार बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाबारे प्रहरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
Comments are closed.