Nepal's First Video FM

पार्टी एकताबारे ओली र प्रचण्डबीच आज पनि छलफल हुँदै

668

वैशाख ७, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच पार्टी एकताबारे शुक्रबार पनि छलफल हुँदैछ ।

पार्टी आन्तरिक बैठक समेत रोकेर दुई अध्यक्षले छलफल गर्न लागेका हुन् । पार्टी एकताका वारेमा छलफल गर्न शुक्रबार बोलाइएको एमाले स्थायी समितिको बैठक समेत स्थगित गरिएको छ । हिजो पनि ओली र दाहाल बीच ३ घण्टासम्म एक्लाएक्लै छलफल भएको थियो ।

शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच एक्ला एक्लै वार्ता हुने प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए । यसअघि बसेको एकता संयोजन समितिको बैठकले विवाद टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा दिएको थियो । radionrn

You might also like

Comments are closed.