Nepal's First Video FM

हिजो छुटेका ५ वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

674

वैशाख ७, पाँच वर्ष मुनिका बालबालिकालाई दोस्रो दिन आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै छ ।

एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

करीब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको छ । शुक्रबार छुटेका बालबालिकालाई भोलि पनि भिटामिन र औषधि खुवाइनेछ ।

सरकारले वैशाख ५ र ६, कार्तिकको २ र ३ गते गरी वर्षको दुई चरणमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको महाशाखाले जनाएको छ ।

सरकारले २०५४ सालदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको हो । आफुलाई पायक पर्ने ठाउँमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.