Nepal's First Video FM

सगरमाथा रेडियो पत्रकारिता सम्मान बिजन दुवाडीलाई

150

काठमाडौं,  सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० भब्य रुपमा सम्पन्न भएको छ । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।

यस बर्सको रेडियो पत्रकारिता सम्मान  विजन दुवाडीलाई प्रदान गरिएको थियो । दुवाडीले लामो समय देखि रेडियो छेत्रमा  दिएको योगदान गित, संगीतको श्रीबृदीको लागि खेलेको भूमिका साथै रेडियो पत्रकारिता मार्फत देश र जनतालाई सुसुचित गरौँउन महातोपूर्ण भूमिका खेले बापत “सगरमाथा रेडियो पत्रकारिता सम्मान बाट सम्मान गरिएको हो उनि सिटिजन एफ एमका प्रबन्ध निर्देशक हुन् ।

अवार्ड समारोहमा ख्यातिप्राप्त लोक गायिका तीर्थकुमारी थापालाई १७ हजार ६ सय ९६ रुपियाँसहित प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेका छन्।

त्यसैगरी, वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई आठ हजार आठ सय ४८ रुपिया“सहित कला पत्रकारिता रजत सम्मान प्रदान गरिएको छ भने सुकृत नेपाल, सानुकाजी श्रेष्ठ, रघुनाथ सापकोटा, कमला जोशी र राजु बोहोरालाई सगरमाथा कला पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ।

संगीतकार राजकुमार बगरलाई सगरमाथा संगीत साधना सम्मान, इन्द्रेणी स्विट होटल, इन्दणी कम्प्लेक्सका एमडी तथा सीईओ शम्भु श्रेष्ठलाई सगरमाथा व्यवसायी सम्मान, लोकगायक नकुल थापालाई सगरमाथा डायस्पोरा संगीत सम्मान, निपेश ढाका, सम्झना बुढाथोकी, भद्र वलीलगायतलाई सगरमाथा कला सम्मान प्रदान गरिएको थियो ।

You might also like

Comments are closed.