वैशाख ७, भनिन्छ, पढ्ने इच्छा भए उमेरले छेक्दैन । यो उक्तिलाई वास्तविकतामा उतारेकी छन्, एक सय बसन्तको संघारमा पुगेकी एक हजुरआमाले । उनी हुन् मेक्सिकोकी गुडालुप पालासिस ।
पालासिस ९६ वर्ष पुगिन् । उनी अहिले हाईस्कुल पढ्दैछिन् । उनी कक्षाको सबैभन्दा उत्साहित विद्यार्थी हुन् । एक सय वर्षमा हाईस्कूल पास गर्ने उनको सपना छ ।
कालो रंगको स्कर्ट, सेतो सर्ट र गुलाबी रंगको स्विटर लगाएर सोमबार विद्यालय पुगेकी उनले भनिन्, ‘म यसका लागि सबै कुरा दिन तयार छु । आजको दिन उदभुत छ ।’ उनलाई सहपाठीहरुले विद्यालयमा स्वागत गरेका थिए ।
उनले रसायन शास्त्र र गणितको नोट लिइन् र नृत्य क्लास पनि । पालासिस एक गाउँको गरीब परिवारमा हुर्किइन् । सानोमा विद्यालय जानु सट्टा उनले खेतबारीमा काम गरेर अभिभावकलाई सघाइन् । ठूलो भएपछि उनी कुखुरा बेच्न बजार जान थालिन् ।
उनको बिहे दुईपटक भयो र ६ बच्चाकी आमा भइन् । उनले पढ्न र लेख्न सिकिनन् । जब ९२ वर्ष पुगिन् उनले साक्षरताको कक्षा लिने निर्णयमा पुगिन् । उनले हाँस्दै भनिन्, ‘अहिले त म आफ्नो ब्वाय फ्रेण्डलाई चिठ्ठी लेख्न सक्छु ।’
सन् २०१५ मा उनी पौढ कक्षामा भर्ना भएर प्राथमिक शिक्षा लिन थालिन् । चार वर्षभन्दा कम समयको बीचमै उनले प्राथमिक र माध्यमिक दुवै कक्षा पास गरिन् ।
तर हाईस्कुलका लागि वयस्क शिक्षा कार्यक्रम थिएन । त्यसैले उनले आठ दशक भन्दा कमका सहपाठीहरुसँगै नियमितरुपमा सामुदायीक स्कुलमा भर्ना हुने निष्कर्षमा पुगिन् । अब उनको इच्छा छ- कुनै दिन एक किन्डर गार्डेन स्कुलमा पढाउने ।
साभार अनलाइन खबर
Comments are closed.