Nepal's First Video FM

अब १० भन्दा कम विद्यार्थी भएका संकायको त्रिविले पठनपाठन रोक्ने

407

वैशाख ७, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा कुनै संकायमा १० जना भन्दा कम विद्यार्थी भएमा त्यस्ता संकायको पठन पाठन बन्द गर्ने त्रिविका उपकुलपति तीर्थराज खनियाँले बताए ।

खनियाँले त्रिविको शिक्षा सुधार कार्यक्रम अनुसार १० भन्दा कम विद्यार्थी भएका संकायका विद्यार्थीलाई अर्को क्याम्पसमा स्थानान्तरण गर्ने जानकारी दिए । कम विद्यार्थी भएका संकाय सुधारका लागि सेमेस्टर प्रणाली ल्याइएको उपकुलपछि खनियाँले बताए ।

त्रिविको उच्च शिक्षा सुधार परियोजना कार्यालयले शुक्रबार यहाँ विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने-‘कुनै संकायमा एक/एक जना विद्यार्थी राखेर बस्ने समय नभएको र कक्षा सञ्चालनका लागि कम्तीमा १० जना भन्दा बढी विद्यार्थी आवश्यक पर्छ, त्यसैले १० संख्या पुर्याउन नसक्ने क्याम्पसमा बन्द गरिनेछ ।’

You might also like

Comments are closed.