Nepal's First Video FM

३३ किलाे सुन–काण्डमा मुछिएका पूर्वडिआइजी र एसएसपीलाई अनुसन्धान समितिले बोलायो

553

काठमाडौं । साढे ३३ किलाे सुन तस्करी काण्डमा मुछिएका पूर्वडिआईजीलगायतका प्रहरी अधिकारीहरुलाई उपस्थित हुन अनुसन्धान समितिले पत्र काटेको छ । सो काण्डको विस्तृत अनुसन्धानका लागि सरकारद्वा गठित अनुसन्धान समितिले गराउन पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतलगायतलाई समितिसमक्ष उपस्थित गराउन भनी प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २०७३ पुषमा भित्रिएको साढे ३३ किलो सुन तस्करीको घटनामा जोडिएका ३ जना हत्या भइसकेकाे छ । साेही मृत्यु प्रकरणमा प्रहरीका उपरोक्त वरिष्ठ अधिकारीहरु पनि मुछिएकाे भन्दै समितिले पत्र काटेकाे हाे । सो काण्डमा मुछिएका डिआइजी निरौलाले भने गत २९ चैत्रमा अवकाश पाइसकेका छन्, एसएसपी खत्री प्रहरी प्रधान कार्यालयमा र खनाल मकवानपुर प्रहरी प्रमुखका रुपमा कार्यरत छन् ।

डिआईजी निरौला २०७२ देखि २०७३ सम्म विमानस्थल प्रमुखको रुपमा कार्यरत थिए । उनी निरन्तर सुन तस्करको गिरोहसँग सम्पर्कमा रहेको स्रोतले जनाएको छ । उनकै कार्यकालमा २०७३ पुष २१ पुषमा साढे ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो । यस अवधिसम्म थुप्रै व्यक्तिलार्इ प्रहरीले पक्राउ गरिसकेकाे तर याे रहस्य हालसम्म सुल्झन सकेकाे छैन । बरामद गरिएकाे भनिएकाे सुन समेत गायब भएकाे भने केही व्यक्तिकाे हत्यासमेत भइसकेकाे छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.