काठमाडौं । आज राति नेपाली आकाशमा उल्का वर्षाकाे दृश्य देखिने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासाे)का अनुसार आज राति नेपाली आकाशमा उल्का खसिरहेको रोमान्चक दृश्य देख्न सकिनेछ ।
अत्यधिक सक्रियताको समयमा १५–२० वटा उल्का खसेको देख्न सकिने नासाेले जनाएको छ । नासाेकाे जानकारीअनुसार, आज राति १ बजेदेखि सूर्योदयसम्म उल्का खसेको दृश्य अवलोकन गर्न सकिनेछ । वैशाख ५ देखि नै वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) सक्रिय रहेको र यो वैशाख १२ गतेसम्म सक्रिय रहने पनि नासाेले जनाएको छ ।
कसरी र किन हुन्छ उल्कावर्षा ?
थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा उल्का वर्षा देखिने गर्दछ । पुछ्रेतारा वा धुम्मकेतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन्, जुन लाखौं किलोमिटरसम्म फैलिन सक्छन् र पृथ्वीकाे वायुमण्डलमा अाइपुग्दा जलेर नष्ट हुन्छन् । यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई ‘उल्का वर्षा’ भन्ने गरिन्छ । news24nepal
Comments are closed.