त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा आज नेपालले हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेपिख सुरु हुनेछ ।
नेपाल सिरिजमा लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराएको थियो ।
हङकङ घरेलु टोली नेपाललाई हराउँदै उत्कृष्ट सुरुवात गर्ने योजनामा छ । हालसम्म नेपाल र हङकङले एकअर्काविरुद्ध पाँच खेल खेलेका छन् । जसमा हङकङले तीन खेल जितेको छ । नेपालले अहिलेसम्म हङकङलाई एक खेलमा मात्र पराजित गरेको छ । यी दुई टिमबीचको एक खेल भने नतिजाविहीन भएको विगत छ ।
Comments are closed.