Nepal's First Video FM

विश्वकप क्रिकेटमा न्यूजील्यान्डको लगातार चौथो जित- अफगानिस्तान हार्‍याे

25

आइसिसी विश्वकपमा न्युजिल्यान्डले चौथो जित हात पारेको छ। बुधबार भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानलाई १४९ रनले हराउँदै न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले अफगानिस्तानलाई जितको लागि २८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर जवाफी ब्याटिङ गरेको अफगानिस्तान ३४.४ ओभरमा अलआउट हुँदै १३९ रन मात्र बनाउन सफल भयो ।

अफगानिस्तानका लागि रहमत साहले सर्वाधिक ३६ रन बनाए। त्यस्तै इक्रम अलिखीले १९, अजमतुल्लाह ओ‌मरजाईले २७, इब्राहिम जद्रनले १४ र रहमुल्लाह गुर्बाजले ११ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

यसअघि न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिएका थिए। उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए।

You might also like

Comments are closed.