नानु संगीता कुलुङ
काठमाडौं । पछिल्लो समय सामाजिक संजाल, अनलाइन पोर्टल, युट्युब च्यानलहरु जस्ता विभिन्न माध्यममा भाइरल भएका १२ वर्षिय अशोक दर्जीले पहिलो गित ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गित रेकर्ड गरेका छन् ।
उक्त गित झापाका डिजे रुपकको सहयोगमा चर्चित गायक, संगीतकार, रेकर्डिस्ट तथा अरेंजर टंक बुढाथोकीको संगीत र भिम नेपालको शब्दमा तयार पारीएको छ भने गितको रेकडीङ काठमाण्डौ पुतली सडकमा रहेको ‘स्टुडीयो 9’ मा गरीएको छ ।
गायक बुढाथोकी भन्छन्-‘मेरो १० बर्षको सांगीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा हजारौ गीतमा काम गर्दाको अनुभव मात्र अशोक भाइका लागि सेयर गर्न खोजेको हुँ । अशोक भाइलाई गीत सिकाउन मलाइ टायम लाग्न सक्छ तर सिकाएरै छोड्ने छु ।’
उर्लाबारी फोकस टिभीले लिएको अन्तर्वार्तामा अशोकले प्रस्तुत गरेका प्रतिभाहरु सामाजिक संजलाहरुमा एकाएक भाइरल भएसंगै विभिन्न मिडियाले उनीमाथि चासो राख्न थाले । सानो उमेरमै निकै राम्रो प्रतिभा गरेको भिडियो युट्युबको ट्रेडिङमा समेत रहिरहेको छ ।
केहि हप्ता अगाडी उक्त च्यानलले उर्लाबारीमा अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरेको थियो । बाटो र होटलहरूमा गित गाउदै जम्मा गरेको रकमले परिवारको सामान्य आवश्यकता धान्ने गर्थे यसरी निम्न परिवारमा हुर्किदै गरेको अशोकलाई अहिले सहयोगी हातहरु अघि बढ्न थालेको छ ।
हेर्नुस् उनको पहिलो रेकडीङ भिडियो;
Comments are closed, but trackbacks and pingbacks are open.