Nepal's First Video FM

फेरी आयो अर्को भाइराल भीडीयो प्रिया प्रकाश ‘भाइरल गर्ल’ को ! हेर्नुहोस पुरा भीडीयो

581

नयाँ दिल्ली । एक्ट्रेस प्रिया प्रकाश वारियर चाँडैनै मलायालम फिल्म ‘उरु अदार लभ’को साथमा ठुलो पर्दामा आउने वालामा छिन् । उनकी यो मलायालम फिल्म यसै वर्षको ईदमा रिलिज हुनेवालामा छ । तर, प्रियाको फिल्म रिलिज अगावै उनी निकै चर्चित बनेकी छन् ।

प्रियाकी यस्तो फ्यान फलोईङ्गहरु रहेका छन्, उनको कुनै भिडियो इन्टरनेटमा आयो भने एकै छिन्मा भाईरल बनाईदिन्छन् । पछिल्लो समय लगातार प्रियाकी भिडियोहरु सामाजिक सञ्जालमा भाईरल बन्दै आईरहेको छ ।

यसै सन्दर्भमा प्रियाकी अर्को भिडियोमा पनि हामीमाझ आईसकेको छ । यो भिडियोमा भने उनी मेकअप गरिरहेकी दृश्य देख्न सकिन्छ । यो भिडियोलाई प्रियाले इन्स्टागाममा सेयर गरेकी छन् । यो भन्दा पहिले प्रियाले एक चकलेट ब्राण्डको एड(विज्ञापन)मा देखिएकी थिईन् । त्यसरी नै ‘भाईरल गर्ल’को नामले उनी चर्चित हुन पुगिन् ।

मिडियामा आएको रिपोर्टस्का अनुसार आफ्नो भिडियोका कारण इन्स्टाग्राममा धेरै कमाई गर्ने सेलिब्रेटीहरुलाई समेत पछि पारेकी छन् । पछिल्लो समय चर्चामा आएसँगै प्रियाको फलोअर पचास लाख भन्दा बढी भईसकेका छन् ।यसरी आफ्नो इन्स्टाग्राममा धेरै फलोअरहरु हुँदै गर्दा प्रियाले धेरै ठुलो ब्राण्डको प्रोमोशन पनि सुरु गरीसकेकी छन् । इण्डिया टिभीको एक रिपोर्टका अनुसार प्रिया प्रकाशले आफ्नो इन्स्टाग्राममा एउटा पोष्ट गर्नका लागि ८ लाख भन्दा बढी चार्ज लिने गरेकी खुलेको छ । समाचारमा आएअनुसार प्रियाले सोसल मिडियाबाट कमाई गर्ने अन्य सेलिब्रेटीहरुलाई पछि पारीसकेकी छन् ।

प्रिया प्रकाशले गुगलमा सबै भन्दा बढी खोजी गरीने अभिनेत्री सनी लियोनी, दीपिका पादुकोण लगाएतलाई समेत पछि पारेकी छन् ।प्रिया प्रकाशले इन्टरनेटमा स्टार बनेपछि मिडियाले उनीसँग कुरा गर्ने क्रममा यस्तो भनिन्, ‘यो मेरो लागि निकै सुखद हो । मलाई थाहा छैन कि मैले यो खुशी कहाँ पोखुँ ।’

भिडियो भाईरल बनेपछि प्रिया प्रकाशलाई कैयौं ठुलो पर्दाका फिल्मको लागि अफर आएको थियो । तर उनले सो फिल्महरुको हिस्सा बन्नबाट भने इन्कार गरेकी बताईएको छ ।

You might also like

Comments are closed.