Nepal's First Video FM

नेपालमा पनि ‘बिग बोस’ प्रशारण हुने, पढ्नुहोस कसले कसले भाग लिन पाउने

434

भारतीय टेलिभीजनमा चर्चा कमाउन सफल रियालिटी शो ‘बिग बोस’ अब नेपालमा पनि आयोजना हुने भएको छ । बिग बोस नेपाल नाम दिइएको कार्यक्रमलाई अभिनेता सुनिल थापाले होस्ट गर्ने बताईएको छ ।

बिग ब्रोदरको फम्र्याटमा सूत्र मोडलिङ एण्ड आर्ट कृयसन र एण्डिमोल साइन ग्रुप मिलेर बिग बोसलाई नेपाल ल्याउन लागेका हुन् । कार्यक्रममा १२ सेलिब्रेटी र ८ जना सामान्य व्यक्तिको सहभागी गराइने बताइएको छ । यति बेला बिग बोस नेपालको अफिसियल पेजमा सहभागी हुने आवेदन फर्म खुलिसकेको छ ।

हाल सम्म कार्यक्रम कुन टेलिभिजनबाट प्रसारण हुने हो त्यो भने खुलाइएको छैन । news24

You might also like

Comments are closed.