माघ २० , “म र गायिका प्रिया भण्डारीले गाएको गीत कान्छी है कान्छी बजारमा आएको छ । एकनारायण भण्डारीको शब्द रहेको यस गित म सुनाउन चाहन्छु ।”
आश देखाउँछन् जाउँ भन्दा मान्दैनन् केटीको मन ज्योतिषीले जान्दैनन्
कान्छी होइ कान्छी छेउमै बसी काुहिनोले हान्छे हिँड्न खोजै पाखुरी तान्छे
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गायक बद्री पंगनीले आफ्नो नयाँ गीत गाएर सुनाए । हरेक शनिवार विहानको यसर्काक्रममा कलाकारसँगको अन्तरंग कुराकानी प्रस्तुत गर्दै आएका ऋषि धमलाले सुरुवातामा नै पंगेनीलाई गित गाउन अनुरोध गरेका थिए ।
गितमार्फत राष्ट्रयताको भावनासमेत जगाउँदै आएका पंगेनी एमाले निकट मानिन्छन् ।
केही समयअघि सांगितिक कार्यक्रममा भारत पुगेका पंगेनीलाई धमलाले त्यस बारेमा सोधेका थिए ।
“भारतमा नेपालीहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा लागि गएको थिएँ ।”
भारतीय स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा गएका पंगेनीले नेपाल–भारत सम्बन्धका बारेमा पनि गित प्रस्तुत गरेका थिए ।
“नेपाली माटोको पक्षमा गित गाएको थिएँ । मनमा खड्किरहेका कुराहरु गितमार्फत प्रस्तुत गरेको थिए ।”
नेपाल–भारतबिचको राजनीतिक सम्बन्ध, भौगोलिक सम्बन्ध र सिमा लगायतका महत्वपूर्ण विषयमा आफूले गितमार्फत सकारात्मक सन्देश दिने प्रयास गरेको पंगेनीले बताए ।
“अन्तराष्ट्रिय सम्बन्ध सुधार गर्नका लागि हाम्रा पनि कमजोरीहरु होलान् । तर सिमाको विषयमा जहिले पनि गाउँछु ।” पंगेनीले भने ।
दुई देशबिचको समस्या समाधान आफूले खोज्ने नभै सरकारको जिम्मेवारी भएको बताउँदै पंगेनीले आफू कलाकार र नागरिकको हैसियतले मात्रै आफ्नो देशको सिमाना मिचियो भनेर गित गाएको स्पष्ट पारे ।
धमलाले दुई देशबिचको सम्बन्ध र समस्याका बारेमा कुटनीतिक पहलमा गर्नुपर्ने भए पनि त्यसो हुन नसकेकाले गित गाएर मात्रै समस्याको समाधान होला त भन्ने प्रश्न गरेपछि पंगेनीले भने, “आजको दिनमा जनता जान्न चाहन्छन्, तपाईलाई सबैभन्दा पहिला थाहा हुन्छ, गोप्य कुरा तपाईलाई थाहा हुन्छ, तपाईले प्रष्ट पारिदिनुस् सुश्मा स्वराज किन आइन् नेपाल ?”
धमलाले भने “तपाईले नेपाल भारतबिचको सम्बन्ध, सिमानाको कुरा गर्नुभयो । यो राम्रो हो ।”
पंगेनीले दुई देशबिचको सम्बन्ध राम्रो हुनका लागि समान व्यवहार हुनुपर्ने बताए ।
Comments are closed.