Nepal's First Video FM

नव गायक सागर र टिका पुनको ३ वर्षे लव, अब छिट्टै भाग्ने सुर कस्दै ! (भिडियो)

678

पछिल्लो समयम़ा नेपाली लोकगीत संगीत क्षेत्रमा कमेडी अनि रमाईला गीतहरु आउने क्रम जारी छ । यसै क्रममा हिजोदेखि शैली क्रियसन प्रालिबाट अर्को रमाइलो अनि कमेडी ” बुडी भन्न पाम ” बोल को गीत सार्वजनिक भएको छ ।

जुन गीत भर्खर मात्र नेपाली लोकसांगतिक क्षेत्रमा राम्रो सम्भावना बोकेर उदाएका नव गायक सागर पन्थको नाममा बजारमा आएको छ । आहिलेकि निकै चर्चित गायिका टिका पुन र सागर पन्थकै आवाजमा तयार भएको गीतको लय शव्द भने काठछेत्रका गीतहरुमा आवाज दिएका र अन्य गीतहरुमा पनि शब्द लेख्दै आएका गायक तथा सर्जक सन्तोष लामिछानेले गरेका छन् ।

गीतको एरेन्ज नरेन्द्र बियोगिले गरेका हुन् । त्यसैगरी गीतको भिडीयो पनि निकै रमाइलो बनेको छ। भिडीयोमा हँस्याकलाकार भटभटे र प्याकुलीको आभिनय देख्न सकिन्छ । जुन गीतले छोटो समयमा धेरै दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाएकोमा गायक सागर पन्थले खुशी प्रकट गरेका छन् ।

 

You might also like

Comments are closed.