वैशाख १०, मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्की सहित जुवातास खेल्दै गरेका ७ जनालाई पक्राउ गरेको हो ।
जुवातास खेल्दै गर्दा १३ थान तास, ७२ हजार ३ सय नगद, ४ सय भारु, तीन अमेरिकी डलर सहित उनीहरुलाई पक्राऊ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिए ।
Comments are closed.