Nepal's First Video FM

जिल्ला प्रशासन कार्यालयमै भेटियो नक्कली नोट

678

माघ २०, नुवाकोट-जिल्ला प्रशासन कार्यालय नुवाकोटमा हिजो रु पाँच सयको नक्कली नोट फेला परेको छ ।

प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो । राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणमार्फत परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको प्रशासन कार्यालयका लेखापाल रामजी लम्सालले जानकारी दिए ।

नक्कली नोटको नंं ग ९४६० ०३६८६० रहेको छ ।  हेर्दा सक्कली जस्तै देखिने नक्कली नोट प्रशासन कार्यालय र बैंकका कर्मचारीले गणना गर्ने क्रममा समेत थाहा नभएको र उपकरणमार्फत गणना तथा जाँच गर्ने क्रममा पत्ता लागेको खबर प्राप्त भएको छ  ।

बैंककाअनुसार नक्कली नोटमा सक्कल जस्तै देखिने गरी सुरक्षा सिल -तार जाली समेत लगाइएको छ भने आकार र रंग उस्तै रहेको छ ।

नक्कली नोट भेटिएपछि सचेत भएको प्रशासन कार्यालयले नोटको जाँच तथा परीक्षणको लागि उपकरण खरिद गर्ने तयारीमा लागेको जानकारी प्राप्त भएको छ  ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.