वैशाख १०, सेवाग्राहीसँग कमिसन बापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन् ।
सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई ५० हजार सहित रङ्गेहात पक्राउ गरेका हुन् ।
बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रम मार्फत सहुलियत दरमा १० लाख ऋण उपलब्ध गराए बापत कमिसन लिने क्रममा कार्यालयबाटै पक्राउ परेका हुन् ।
१० लाखको पाँच प्रतिशतका दरले ५० हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले बताए । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।
Comments are closed.