Nepal's First Video FM

केपी ओलीले दुइटा बिरालोलाइ एउटा रोटी किन भने ?

586

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालकी कार्यकारिणी सदस्य एवं पूर्वराज्यमन्त्री लिला भण्डारीसहित १४६ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा पूर्वराज्यमन्त्री भण्डारीसहित डा. माया शर्मा, जनकसिंह साउद, शिवरत्न उप्रेतिलगायतका नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । उनीहरु सबैलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले टीका र खादा ओडाएर पार्टीमा प्रवेश गराएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले एमालेसँग कुनै पार्टी तुलना गर्न नमिल्ने बताए । “एमालेसँग कुनै पनि पार्टी तुलना गर्न मिल्दैन,” नवप्रवेशीहरुलाई स्वागत गर्दै ओलीले भने, “एमालेसँग स्पष्ट सिद्धान्त, जनविश्वास, विचार, नीति, योगदान, इतिहास छ । एमाले असाधारण पार्टी हो, एमालेसँग अन्य पार्टीको ’पार्टी’ शब्द मात्र मिल्छ ।“

उनले एमाले पार्टीभित्र काम गर्न कसैले पनि लगाम नलगाउने स्पष्ट पनि पारे ।

कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणलाई नबुझ्नेहरुले लम्पसारवाद भनेको आरोपसमेत लगाए ।

“यसभन्दा अगाडि गएका कोही प्रधानमन्त्री भारतमा गएर लम्पसार परे भन्दैमा मेरो भारत भ्रमणलाई पनि लम्पसारवाद भन्ने ?,” कांग्रेसतर्फ संकेत गर्दै ओलीले भने, “एक जना नेताले अन्जानमा बुझ्दै नबुझी लौ ओलीको भारत भ्रमण त लम्पसारवाद भन्यो भन्दैमा सबैले त्यो भन्ने ? त्यो भन्न हुँदैन । मेरो भारत भ्रमणलाई लम्पसारवाद भन्दा दुनियाँ हास्छ ।“

उनले आफ्नो भारत भ्रमणले छिमेकीहरुसँगको सम्बन्ध प्रगाढ बनाउने काम गरेको जिकिर समेत गरे । प्रधानमन्त्री ओली गत चैत २३ गते ३ दिने भारण भ्रमणमा गएका थिए ।
प्रधानमन्त्री ओलीले आफ्नो समृद्धिको यात्रालाई महेन्द्रीय राष्ट्रवादसँग दाँज्न नमिल्ने दाबी गरे ।

“रारा ताल राजा महेन्द्र जन्मनुभन्दा अगाडि नै थियो । मैले राराबाट समृद्धिको शंखघोष गरेँ भन्दैमा महेन्द्रीय समृद्धि भन्ने ? ओलीले प्रश्न गरे, “बुद्धिजीवीको जिन्दगी देखेर नि माया लाग्छ । कमसेकम पारिश्रमिक त पाउँछन् । राराबाट समृद्धिको यात्रा थालनी गरे भन्दैमा महेन्द्रीय राष्ट्रवाद भनेको छ ।”

उनले समृद्धको यात्रामा वर्तमान सरकारले सबैलाई समेटेर लैजाने विश्वास व्यक्त पनि गरे ।

“हाम्रो यो समृद्धिको यात्रामा सबैलाई समेटेर लौजान्छौं, “ओलीले थपे, “कसैले राम्रो काम गरे समर्थन गर्छौं । कांग्रेसले चुनाव गरायो । राम्रो काम र्गयो । एमाले एउटा महासागर हो । स्वीमिङ पुल होइन । सबैको भावनालाई बुझेर अगाडि बढ्छ ।“

पार्टी एकतामा बराबरीको कुरा चलिरहेको बेला कार्यक्रममा प्रधानमन्त्री ओलीले घुमाउरो पाराले बिरालोको कथा सुनाए, ‘दुईवटा बिरालोलाई एउटा रोटी आधा–आधा पारेर खानुपरेछ, अलकति पनि घटिबढी दुवै बिरालोलाई हुनै नहुने । कसले भाग लगाउने भन्नेमा धेरै समय विवाद भएछ । अन्तिममा बाँदरले आएर एउटा रोटी आधा आधा पारेर हातमा लिँदै तौलिँदै भनेछ । होइन यो हातको रोटी धेरै छ । उसले अलिकति भाँचेर चाख्यो फेरि अर्को हातको रोटी धेरै छ भन्दै खाएछ । लास्टमा त दुवै हातको रोटी सकिएछ ।’

“हो, मैले भन्न खोजेको यही हो कि हामी आफै–आफैमा मिल्नुपर्छ विदेशीलाई खेल्न दिनुहुँदैन,” ओलीले भने, “हामी हामीलाई युद्ध गराएर उनीहरुले मध्यस्तकर्ताको भूमिकाबाट मिलाउने नाममा फाइदा लिन्छन् । त्यसैले बिरालो जस्तो हामी धेरै थौरैको कुरामा अल्झेर बस्न हुँदैन । साना–तिना कुरा हाम्रा लागि केही होइन ।“

कांग्रेसलाई प्रश्न– माओवादीलाई पाँच वर्ष प्रधानमन्त्री लेखेर दिन्छु कसरी भन्न सकेको ?

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता टुटाउन विभिन्न शक्तिहरु अहिले पनि लागिरहेको दाबी गरे । उनले मुलुकलाई अस्थिरता र समृद्धिको दिशामा लैजान चाहने शक्तिहरु अझै सक्रिय रहेको बताए ।

प्रधानमन्त्री ओलीले आफूहरुबीचको एकता भाँड्न नेपाली कांग्रेसले अनैतिक अस्त्र प्रयोग गरेको बताए । “पाँच वर्ष प्रधानमन्त्री लेखेर दिन्छु भन्ने आँट कसरी आयो होला ?,” ओलीले कांग्रेसलाई प्रश्न गरे, “कांग्रेसको त्यो प्रस्ताव अनैतिक छ । जनविरोधी कपट छ । षडयन्त्रको जालझेल छ ।“

उनले अब आफूहरुको पार्टी एकता कसैले भाँड्न नसक्ने उल्लेख समेत गरे । 12khari

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.