शुक्रबारबाट रिलिज भएको चलचित्र ‘पिजडा ब्याक अगेन’ले २ दिनमा ६६ लाखको व्यापार गरेको दाबी यसका वितरक गोपाल कायस्थले गरेका छन् । गोपालका अनुसार काठमाण्डौमा चलचित्रको ओपनिङ सुखद हो ।
काठमाण्डौ बाहिर चलचित्रले २ दिनमा २८ लाखको व्यापार गरेको वितरकको भनाई छ । चलचित्रको ओपनिङ सुखद भएपनि आक्रामक भने होइन । शनिबार चलचित्रको व्यापार केहि सुखद देखिएको थियो । सिंगल स्त्रिmनमा क्रेज बनाएका भनिएका नायक निखिल उप्रेतीको यो चलचित्रबाट आक्रामक इनिसियलको अपेक्षा गरिएतापनि त्यो भने अपेक्षित भएन ।
हिमाल केसी निर्देशित चलचित्रमा निखिल उप्रेती र साराको मुख्य भूमिका छ । चलचित्रबाट निखिल उप्रेतीलाई खासै फाइदा नभएपनि नायिका साराले भने प्रशंसा कमाइन् । चलचित्रको कथावस्तु पुरानै शैलीको भएपनि साराको अभिनयको प्रशंसा भएको छ ।
यो चलचित्रसँगै सारा अन्य चलचित्रमा पनि अनुवन्धित भएकी छिन् । साराले भने यो चलचित्रबाट संभावना देखाएकी छिन् ।
Comments are closed.