Nepal's First Video FM

ट्याक्टर दुर्घटनामा परि दुईको मुत्यु, एक घाइते

666

माघ २०, पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपास्थित सल्लेरी बजार छेउमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नं को ट्र्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ– ४ का भुपेन्द्र दर्जी र श्रीजङ–२ का कमल भट्टराईको मृत्यु भएको हो ।

दुर्घटनामा ताप्लेजुङ सान्थाक्राका समीर शेर्पा घाइते भएका छन्। उनको उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ। ट्र्याक्टर सडकबाट करिब एक सय ७० मिटर तल खसेको प्रहरीले जनाएको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.