Nepal's First Video FM

हत्या गरि फरार भएका पिताम्बर १९ वर्षपछि पक्राउ

455

वैशाख ११, बर्दिया । १९ वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले मंगलबार बुटवलबाट पक्राउ गरेको छ ।

गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषी मध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवादपछि हत्या गरिएको थियो । ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो । उनी बुटवलमा बस्दै आएका थिए ।

पौडेल हत्याका पाँच आरोपितमध्ये दुई जनालाई अदालतले सफाइ दिएको छ । अन्य दुई अझै फरार छन् । पौडेलको शव हत्या गरी गहुँबारीमा फालिएको अवस्थामा १३ दिनपछि फेला परेको थियो ।

You might also like

Comments are closed.