Nepal's First Video FM

कांग्रेस: चुनावी बैठक अन्तिम तिर आइपुग्दा झन् चर्कियो एकअर्काबीच आरोप-प्रत्यारोप !

626

वैशाख ११, कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिम तिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो पक्षको बचाउ र अर्को पक्षको आलोचना गरे ।

मानबहादुर विश्वकर्माले हारको दोष सभापतिलाई मात्रै दिन नहुने बताउँदा चन्द्र भण्डारीले समानुपातिक टिकटलाई दाइजो र बकस बनाउँदा लज्जास्पद नतिजा आएको तर्क गरे ।

अजयकुमार चौरसियाले पनि भण्डारीकै तर्कमा आफ्ना धारणा थपे । कमला पन्तले नेतृत्वको आलोचना गरिन् । उनले राम्रालाई भन्दा हाम्रालाई छानेर मैदानमा पठाउँदा कमजोर नतिजा आएको धारणा राखिन् ।

सुजाता परियारले समानुपातिकतर्फको नतिजा पेस गर्दै पार्टी कमजोर नभएको तर्क गरिन् । यसैबीच, नेविसंघका असन्तुष्ट पक्षले अध्यक्षको कार्यशैली हुकुमी भएको भन्दै केन्द्रीय कार्यालय सानेपामै धर्ना दिएका छन् । Nayapatrika

You might also like

Comments are closed.