Nepal's First Video FM

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. पुष्प कँडेल नियुक्त

615

वैशाख ११, सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो ।

नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।

यसैगरी आयोग सदस्यहरुमा भने डा. कृष्णप्रसाद ओली, प्रा. उषा ठाकुर, दिलबहादुर गुरुङ, इ. सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

You might also like

Comments are closed.