Nepal's First Video FM

कालिमाटी चोकस्थित युवतीलाई एसिड खन्याईदिने धम्की दिदै ३ लाख लुटियो

635

वैशाख ११, काठमाडौंको कालिमाटी चोकस्थित क्रिस्टल इन्टरप्राईजेज (आईएमई) सेन्टरमा छिरेका एक ब्यक्तिले ‘एसिड खन्याई दिउँ कि पैसा दिने ?’ भन्दै काउन्टरमा भएको ३ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।

प्रहरीका अनुसार ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर काउन्टरको पैसा नदिएमा अनुहार विगारिदिने भन्दै नगद लुटपाट गरिएको हो ।

कलंकी स्थायी घर भएका ४४ बर्षिय राजेन्द्र बस्नेतले काठमाडौं महानगरपालिका–१३ कालिटमाटी चोकमा संचालन गरेको क्रिस्टल इन्टरप्राईजेज (आईएमई) सेन्टरबाट नगद लुटपाट भएको प्रहरी प्रधान कार्यालयको केन्द्रिय समाचार कक्षले जनाएको छ ।

फरार लुटेरको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फरार लुटेराको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You might also like

Comments are closed.