Nepal's First Video FM

भेटिए भाइरल अशोक दर्जी र गायिका मेलिना राई स्टुडियोमा गित गाउदैं (भिडियोसहित)

648

नानु संगीता कुलुङ
काठमाडौं । सामाजिक संजाल मार्फत भाइरल भएका झापा दमकका १२ बर्षीय अशोक दर्जी अहिले पहिलो गित रेकर्डिङको क्रममा काठमाडौंमा छन् । उनले ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गित रेकर्डिङ गरिरहेका छन् ।

उक्त गित झापाका डिजे रुपकको सहयोगमा चर्चित गायक, संगीतकार, रेकर्डिस्ट तथा अरेंजर टंक बुढाथोकीको संगीत र भिम नेपालको शब्दमा तयार पारीएको छ भने गितको रेकडीङ काठमाण्डौ पुतली सडकमा रहेको ‘स्टुडीयो 9’ मा गरीएको छ ।

सोही क्रममा नेपाली गित संगीतमा एकदमै चर्चित तथा लोकप्रिय गायिका मेलिना राईले स्टुडियोमा कसरी गित गाउने ? अशोकलाई सिकाएका थिए । निकै चकचके अशोक दर्जीले गायिका मेलिनासँग गित गाउने मौका गायक टंक बुढाथोकीले जुराएका थिए । विभिन्न अन्तर्वार्तामा प्रस्तुति दिंदा अशोकले सबैभन्दा बढी चलचित्र २ रुपैयाँको ‘कुटु मा कुटु’ गित गाउदथें ।

निम्न वर्गीय परिवारमा जन्मिएका अशोक विभिन्न अग्रज कलाकारको आवाजमा रहेको गित गाउदैं दिनभर बाटो-बाटोमा, होटलमा हिड्थे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए ।

अदभूत गायन क्षमता प्रदर्शन गरिरहेको दर्जी कलिलो उमेरमै चर्चाको शिखरमा पुगेका छन् । एकाएक भाइरल भएपछी अशोकलाई थुप्रै मिडियाले अन्तर्वार्ता लिएर सेलिब्रेटी बनाइदिए, र अहिले देश तथा बिदेशबाट थुप्रै सहयोगी हातहरु अघि बढ्न थालेको छ । हेर्नुहोस्, गायक टंक बुढाथोकीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियो;

 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.