Nepal's First Video FM

छक्का पञ्जा ३’मा दीपिका प्रसाई दीपकको जोडीको रूपमा देखिने

849

चलचित्र ‘ऐश्वर्य’ बाट सिने नगरीमा डेव्यु गरेकी अभिनेत्री दीपिका प्रसाईलाई चलचित्र ‘छक्का पञ्जा ३’मा दीपकराज गिरीको जोडीको रूपमा देखिने भएको छ ।चलचित्रको कथा अनुसार नै दीपिकालाई फाइनल गरिएको निर्देशक दिपाश्री निरौलाले बताएकी छन् ।

छक्का पञ्जा ३को लागि यसपालि नयाँ अभिनेत्री दीपिका प्रसाई फाइनल भएकी छिन् ।चलचित्रको कथामा बोल्डको साथसाथै सुन्दर नायिका चाहिएको कारण अभिनेत्री दीपिका प्रसाईलाई निर्माण पक्षले छक्का पञ्जा ३मा लिएको जनाईएको छ ।

चलचित्रमा दीपक र दीपिकासँगै प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायत कलाकारहरू यथावत् छन् तर यसपालि वर्षा राउत र स्वस्तीमा खड्का भने नदोहोरीने भएका छन् ।निर्माण पक्षको अनुसार चलचित्र आउँदो दसैँमा रिलिज हुने गरी १७ गतेबाट छायाङ्कन सुरु हुदैँछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.